Home राजनीति प्रधानमन्‍त्रीसँगको भेट सकेर प्रचण्ड धुम्बाराहीमा : सचिवालयका पाँच सदस्यको छलफल सुरु

प्रधानमन्‍त्रीसँगको भेट सकेर प्रचण्ड धुम्बाराहीमा : सचिवालयका पाँच सदस्यको छलफल सुरु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका शीर्ष पाँच नेताको छलफल पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ।

 

छलफल अघि बालुवाटार पुगेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेपछि छलफल सुरु भएको हो।

छलफलमा सचिवालयका बहुमत सदस्य पाँच नेता सहभागी छन्। अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा सहभागी छन्।

माधव नेपाल फकाउँदै ओली पक्ष
नेकपाका पाँच नेता र प्रधानमन्‍त्रीको भेट : सचिवालय बैठक बोलाउन लिखित पत्र
‘पार्टी फुट्दैन, फुट्न दिइन्न’
नेकपा विवाद : अल्टिमेटम आज सकिँदै, ६ युवा नेताको सक्रियता
प्रचण्डले सचिवालय बैठकको तयारी गरेपछि बालुवाटारबाट ओलीको निम्तो
बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटको ब्रिफिङ प्रचण्डले बैठकमा गर्दैछन्। बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको छ। धुम्बाराहीमा जारी छलफललाई सचिवालय सदस्यको अनौपचारिक छलफल भनिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै सचिवालयका अन्य तीन सदस्य सहभागी छैनन्।

नेकपाभित्र विवाद समाधानका लागि शीर्ष नेताको दौडधुप जारी छ। मंगलबार बिहानै कार्यकारी अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ नेपाल र प्रवक्ता श्रेष्ठले छलफल गरेका थिए । शीर्ष तीन नेताको भेटपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर खुमलटार पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रचण्डले भेट गरेका थिए ।

स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विवादका छलफलमा सक्रिय हुँदै आएका छन्। प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका थिए ।

सकेसम्म सहमति गरेर अगाडि बढ्नुपर्ने धारणा पोखरेलले राखेका छन्। प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार पुगेर पोखरेल फर्किएको केही घण्टामै प्रचण्डलाई प्रधानमन्त्रीले भेटका लागि बालुवाटार बोलाएका थिए । प्रधानमन्त्री ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता नेपाल, खनाल, प्रवक्ता श्रेष्ठ र उपाध्यक्ष गौतमसहित पाँच नेताले कात्तिक २२ गते दुई पन्ने लिखित पत्र बुझाएका थिए।

उता प्रधानमन्त्री ओलीले भने विधान बमोजिम सचिवालय बैठक बोलाउने भन्दै महासचिव विष्णुप्रसाद पौडेललाई सोमबार प्रचण्डसमक्ष सन्देश पठाएका थिए। पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्रीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले धुम्बाराहीमा छलफल सुरु गरेका हुन् ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...