Home पत्रपत्रिकाबाट पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार

पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार

काठमाडौं, कार्तिक २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्नुु हुँदै उनले यस्तो बताएका हुन् ।

कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनको भनाई छ । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताए ।

कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उनले बताए । सञ्चार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको उनको भनाई छ ।

यसैबीच मन्त्री गुरुङले कोरोना भाइरसका कारण चलचित्र निर्माण हुन नसकेको अवस्थामा हतास र निराश नभई अगाडि बढ्नुपर्ने बताएका छन् । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...