Home विचार हचुवाको भरमा सवारी साधन सञ्चालन गर भन्दैमा व्यवसायीले गर्न सक्दैनन्

हचुवाको भरमा सवारी साधन सञ्चालन गर भन्दैमा व्यवसायीले गर्न सक्दैनन्

 

रबि रिमाल

प्रकाशित  २०७७ जेष्ठ २४ गते शनिबार

कोरोना भाइरस( कोभिड १९) को कारण भएको लकडाउनले सार्वजनिक यातायात क्षेत्र धरासायी भएको छ। कोरोना भाइरस ( कोभिड- १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले हचुवाको भरमा जेष्ठ २५गते देखि जिल्ला भित्र र असार १ गते देखि लामो दुरीको सवारी साधनमा सिट संख्याको आधा यात्रु राखी सन्चालन गर्ने निर्णयको लागि सरकार समक्ष सिफारिस गरेको खबर सार्वजनिक भएकोमा यातायात ब्यबसायीको नाताले गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक यातायात क्षेत्रको सहमती बिना यो निर्णय लागुहुने अबस्था रहने छैन। तल उल्लेख गरीएका बिषयहरुमा सरकारले सम्बोधन नगरी हचुवाको भरमा सवारी साधन संचालन गर भन्दैमा ब्यबसायीले सन्चालन गर्न सक्दैनन। प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा लगेर आफ्ना सवारी साधनको साचो बुझाउने छन।

  • लामो समय थन्किएका सवारी साधन आवस्यक मर्मत सम्भार नगरी तुरुन्त कसरी सन्चालन हुन सक्छ? लामो समय थन्किएका कारण ब्याट्री काम नलाग्ने भएका छ्न, टायर मक्किएका छन, इन्जिन आयल, फिल्टरहरु, गियर आयल,क्राउन आयल फेर्नुपर्ने हुन्छ साथै हव गृजिङ तथा सम्पुर्ण सवारीको चेक जाँच, ग्यारेज ब्यबस्थापन लगायत खर्चका साथै कर्मचारी तलवको साथै अन्य खर्च ब्यबस्थापनको लागि ब्यबसायीहरुलाइ ठूलो आर्थिक ब्ययभार पर्न जानेछ।  झण्डै ३ महिना आम्दानी गुमाएका ब्यबसायीले कसरी आर्थिक ब्यबस्थापन गर्न सक्छन? राष्ट्र बैकले सार्वजनिक यातायात लाई रुग्ण उधोगको रुपमा मान्यता दिई ५% ब्याजदरमा साधारण पुनरकर्जा उपलब्ध गराउने ब्यबस्था गरेको छ। तर स्पष्ट नीति नियम नआएको हुनाले ब्यबसायीहरुमा अन्यौलता छाएको छ। तेसैले बैक तथा बित्तिय सस्थाहरुले सार्वजनिक सवारीका साधनमा लगानी गरेको सम्पुर्ण कर्जाहरुमा न्युनतम २५ प्रतिशत पुनरकर्जाको ब्यबस्था गरीयोस।
  • अर्थमन्त्री ज्युले बजेट बक्तब्यमा कोभिड १९ को कारण सार्वजनिक यातायात अत्यन्तै प्रभाबित भएको हुनाले कर्जाको ब्याजमा सहुलियत हुने छ भन्ने उल्लेख गर्नु भएको तर के कति प्रतिशत छुट हुने कहि कतै उल्लेख नभएको हुदा अत्यन्तै प्रभाबित सार्वजनिक यातायात क्षेत्रलाइ पुनर्जीवन दिनको लागि तुरुन्त बैक ब्याजमा अत्याधिक छुट गरि हवाइ उध्योग सरह ५% ब्याजदर घोषणा गरियोस।
  • आम्दानी गर्ने सवारी साधनहरु लामो समय देखी थन्किएको कारण ब्यबसायीहरुको आम्दानी गुमेको छ। चैत्र महिना देखी किस्ता रोकिएको छ। लकडाउन खुलेपछी रोकिएको बैक तथा बित्तीय सस्थाको किस्ता एकै पटक तिर्न सकिदैन । तेसैले चैत देखिको किस्ता स्थगन गरि लकडाउन खुलेको ३ महिना पछि स्थगन फुकुवा गरि किस्ता सुरु हुने ब्यबस्था मिलाइयोस।
  • अर्थमन्त्री ज्युले बजेट बक्तब्यमा आयकर मा २०% छुट र रुट इजाजत दस्तुरमा छुट हुनेछ भनी सम्बोधन गर्नु भएको तर सवारीकर, सवारी दर्ता किताब नबिकरण,जाँच पास,प्रदुषणको बिषयमा केही उल्लेख नभएकोले लकडाउन अबधिलाइ सुन्यसमयको मान्यता दिइ सवारी साधनको सम्पुर्ण कागजपत्रको समय स्वत: थपगर्ने ब्यबस्था मिलाइयोस ।साथै बार्षिक सवारीकर मा छुट गराइयोस।
  • सार्वजनिक यातायात क्षेत्रमा कार्यरत श्रमिकहरुको निशुल्क कोरोना जोखिम बिमाको ब्यबस्था गरियोस।
  • सार्वजनिक यातायात संचालन गर्दा कोरोना नियन्त्रण को लागि आबस्यक पर्ने मास्क,पन्जा,सेनिटाइजर तथा पि पि इ लगायत आबस्यक सामाग्री ब्यबस्था गरियोस।
  • कोरोना भाइसर संक्रमण नियन्त्रणको लागि हरेक यातायातका साधन नियमित रूपमा सरसफाइ गर्ने, धुलाइ गर्ने काम गरि यात्रुको सम्पर्कमा आउन सक्ने सतहमा नियमित ‘डिस्इन्फेक्टान्ट’ले सफा गर्ने कार्यलाई अनिवार्य गरिनुपर्छ । ‘डिस्इन्फेक्टान्ट’ गर्नको  लागि आबश्यक पर्ने केमिकल तथा प्रबिधिको लागि देस भरी रहेका बसपार्कहरुमा ब्यबस्थापन गरि सवारीसाधन  ‘डिस्इन्फेक्टान्ट’ गराउने ब्यबस्था गरिनुपर्छ।
  • यात्रुबाहक सवारी साधनहरुमा संक्रमण नियन्त्रणको लागी सरकारले निर्धारण गर्ने नियमानुसार सामाजिक दुरी कायम गराउदा सवारीको क्षमता भन्दा आधा यात्रु राखेर सवारी साधन संचालन गर्नु पर्ने हुन्छ। आधी संख्यामा यात्रु राख्दा सन्चालन खर्च समेत धान्न सकिँदैन। सन्चालन खर्च धान्न नसक्ने अबस्थामा सवारीसाधन संचालन हुन सक्ने कुरै भएन ।

कोभिड १९ को कारण सृजित अहिलेको भयाबह अबस्थालाइ पार लगाउदै सामान्य अबस्थामा पुर्याउनको निमित्त सार्वजनिक सवारी साधन संचालन हुनु अतिआबस्यक छ तर गम्भीर आर्थिक अबस्थामा पुगेका यातायात ब्यबसायीहरुको समस्याहरु माथी सुनुवाइ हुन नसकेमा सार्वजनिक सवारीका साधन संचालन हुन सक्ने छैनन। सरकारले बेलैमा ध्यान पुर्याओस। यातायात ब्यबसायीको धैर्यता लाइ कमजोरी नठानियोस।

लेखक रिमाल यातायत व्यवसायी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

How You Can Find Females – Leading 29 Better Spots You Won’t Ever Expected

How You Can Find Females – Leading 29 Better Spots You Won't Ever Expected Skip forward past high-school, college, and away from friendly ring… And...

Allow me to tell about Did she pay attention to me?

Allow me to tell about Did she pay attention to me? Needless to say not. She decided she was going to hurry everything and...

In case you have more reputation for foreclosures and liabilities exceptional you’d be

In case you have more reputation for foreclosures and liabilities exceptional you'd be a credit that is poor might certainly not hinder a beneficial The...

homelike residence of his own rear to be always a family group of services and products, reports Morgan

homelike residence of his own rear to be always a family group of services and products, reports Morgan The house might be children of prayer,...