Home खेलकुद नेपालले बङ्गलादेशसँग दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

नेपालले बङ्गलादेशसँग दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाण्डाै – नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल मङ्गलबार हुँदैछ । यी दुईबीचकाे खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।

मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । मङ्गलबारकाे खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

पाँच वर्षपछि पहिलो पटक बङ्गलादेशसँग पराजित भएको नेपालले याे खेलमा कम्तीमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी शूटआउटबाट तय हुनेछ । उपाधिको लागि याे खेल जित्नैपर्ने दबाबमा रहेको भन्दै नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर बङ्गलादेशसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।

अभ्यासका लागि पर्याप्त समय नपाएको र नयाँ खेलाडी हुनुले पनि बङ्गलादेशसँगको पहिलो खेल हारेको भन्दै महर्जनले दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...