Home समाचार जाडोमा कोरोना संक्रमणको जोखिम कति ?

जाडोमा कोरोना संक्रमणको जोखिम कति ?

काठमाडौं । पछिल्लो केही दिनयता देशैभर चिसो बढेको छ । कोरोना भाइरसको जोखिम जाडोमा अझ बढ्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । गर्मीको समयमा भन्दा जाडोमा भाइरल इन्फेक्सनको जोखिम हुने हुँदा कोरोना संक्रमणको दर पनि बढ्ने खतरा देखिएको छ । जाडोमा भाइरल ज्वरो, रुघाखोकी, निमोनियाँ, श्‍वासप्रश्‍वाससम्बन्धी समस्या बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सलटेन्ट डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार अन्य भाइरसहरु सक्रिय भएसँगै कोरोना भाइरस पनि सक्रिय हुने सम्भावना बढ्दो छ ।

जाडोमा मानिसहरु झ्याल ढोका बन्द गरेर गुम्सिएर बस्दा संक्रमण फैलने खतरा बढ्ने उनी बताउँछन् । “जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्‍ने गरिन्छ तर त्यसरी बस्‍नु हुँदैन,” उनले बाह्रखरीसँग भने, “यदि कोही व्यक्ति संक्रमित छ, भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ ।”

उनका अनुसार जाडोमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता पनि घट्छ । यस्तै मुटु रोगी र दमका रोगीका लागि पनि जोखिम मानिन्छ । त्यहीमाथि कोरोना भाइरस पनि देखिए थप जटिलता निम्त्याउन सक्ने उनले बताए ।

विभिन्‍न अध्ययनले पनि कोरोना भाइरस गर्मीभन्दा पनि जाडोमा लामो समयसम्म रहने देखिएको छ । जाडोमा अन्य श्‍वासप्रश्‍वासको रोगहरु पनि देखिने अझ कोरोना पनि थपिँदा जटिलता झनै बढ्ने डा. बास्तोलाको भनाइ छ । उनका अनुसार जाडोमा कोरोना संक्रमितको संख्या पनि बढ्ने र सिकिस्त हुने संक्रमितको पनि दर बढ्ने अनुमान गर्न सकिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासीनीले पनि जाडोबाट बच्‍च घरका झ्यालढोका बन्द गर्न नहुने सुझाउँछन् । हावा ओहोरदोहोर नहुँदा कोरोना संक्रमण फैलने सम्भावना बढी हुने उनले बताए ।

उनले भने, “गर्मीको समयमा मानिसहरु अलि टाढा बस्छन्, भाइरस पनि लामो समयसम्म रहँदैन् तर जाडोबाट बच्‍न झ्यालढोका बन्द गरेर आगो वा हिटर ताप्‍न एकै ठाउँमा धेरैजना बस्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।” जाडोमा कोरोना भाइरस सतहमा धेरै बेरसम्म जीवित रहने हुँदा बढी फैलने पनि उनले बताए ।

विभिन्‍न अध्ययन हेर्दा जाडोमा कोरोना भाइरस हावामा लामो समयसम्म रहने देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लनिकल संयोजक डा. शेरबहादुर पुन बताउँछन् । कोरोना संक्रमण पहिलोपटक देखिएको चीनको वुहानमा पनि जाडो महिनामै देखिएको थियो । त्यसै पनि जाडोमा भाइरस बढी सक्रिय हुने गरेको देखिएको उनले बताए ।

उनले भने, “खोकी लाग्‍ने, शरीर दुख्‍ने, ज्वरो आउने, टाउको दुख्‍ने, घाँटी खसखस गर्ने लक्षण दुवैमा देखिन्छ तर गन्ध, स्वाद र आँखा दुख्‍ने समस्या देखिए इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) नभएर कोरोना संक्रमण भएको हुने देखिन्छ ।”

कोरोना भाइरस जाडोमा लामो समयसम्म रहने हुँदा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाएका छन् । उनले भने, “कोरोना संक्रमणबाट बच्‍न अनिवार्य सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, विनाकाम सकेसम्म घरबाहिर नजाने र कसैलाई पनि नबोलाऔँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...