Home विचार गभर्नरज्यू, मैले आत्महत्या गरेँ भने मेरा परिवारले बैंकको ऋण तिर्न पर्ला कि...

गभर्नरज्यू, मैले आत्महत्या गरेँ भने मेरा परिवारले बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?

श्रीमान् गभर्नरज्यू

नेपाल राष्ट्र बैंक

मितिः २०७७ जेष्ठ २७ गते

विषय :बैंकको किस्ताको भुक्तानी पछि सारिदिनुहुन अनुरोध बारे

महोदय,

उपरोक्त सम्बन्धमा पूरा बिश्व कोरोना भाइरसको महामारीका कारण निकै ठुलो समस्या उत्पन्न भएको अबस्थामा नेपाल सरकारले पनि कोरोना नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी राखेको छ । खाडी मुलुकमा ४/५ बर्ष रगत पसिना बगाइ कमाएको केही रकम लगानी गरि घरपरिवार सङै बसी केही गरौ भन्ने उद्देश्यले सार्वजनिक सवारीको साधनमा लगानी गरि स्वरोजगार ब्यबसायीको रुपमा कामगर्दै आफ्नो गाउँ छोडेर काठमाडौंमा डेरामा बस्दै आएको छु । मैले बिदेशमा दुख गरि कमाएको केही रकम र गाउँको पैत्रिक सम्पति बेचेर काठमाडौंको एउटा कुनामा सानो घडेरी लिएको थिएँ । सोही घडेरी बैंकमा धितो राखेर ऋण लिएर सार्वजनिक यातायातको साधनमा लगानी गर्ने व्यक्ति हुँ । म स्वरोजगार ब्यबसायीको रुपमा आफ्नो सवारीसाधन आफै संचालन गर्दै आएको थिए। साहस बोकेर सुरु गरेको मेरो ब्यबसायले दैनिक ४ हजार रुपैयाको दरले १ लाख २० हजारको हाराहारीमा आम्दानी गर्दै आएको थियो । त्यस मध्ये करिव १० हजार परिचालकलाई पारिश्रमिक, ६० हजार बैक किस्ता, लगभग १० हजार मर्मत सम्भारमा, बिमा र विभिन्न कर तथा नबिकरणको लागि मासिक रु १० हजार छुट्टयाइ त्यसबाट बचेको करिव ३० हजार मेरो बचत आम्दानी थियो । जुन रकमबाट घरखर्च चलाउँदै आएको थिएँ । करीव ३ महिनादेखि लकडाउनका कारण सवारी साधन संचालन पुरै बन्द भयो। परिचालक भाइलाइ १ महिनाको पारीश्रमिक दिएर घर पठाइदिए। आफू सङ भएको रकमले मुस्किलले दैनिकि गुजारी रहेको छु। रासन पसलमा उधारो बढेको छ भने बिगत ३ महिना देखि घरभाडा तिर्न सकेको छैन । बिचरा घरपटिको पनि घरभाडा बाहेक अन्य आम्दानी देखेको छैन । भाडा माग्नुहुन्छ दिन सकेको छैन।

श्रीमान् गभर्नरज्यू ।

अब लकडाउन खुल्छ भन्ने सुनेको छु । लकडाउन खुल्ना साथ घरबेटीले घरभाडा तिर्न भनेका छन्। हजुरले बैक किस्ता असार मसान्त सम्म भुक्तानी लिन बैकहरुलाइ अर्हाइ सक्नु भएको कारण बैक तथा बित्तिय सस्थाहरुले किस्ताको लागि फोन आउन थालिसकेको छ। गभर्नर ज्यू , तपाईले भनेपछि बैंकले मान्छन् भन्ने सुनेको कुरा के साँचो हो ? हो भने बैंकलाई ६ महिनापछि किस्ता बुझाउँदा हुन्छ कि भनेर अनुरोध गर्नका लागि यो पत्र लेख्दै छु ।

मेरो समस्याहरु यसप्रकार छन् :

१)लकडाउन खुलेपछि लामो समय थन्किएका सवारी साधन आवस्यक मर्मत सम्भार नगरी तुरुन्त कसरी सन्चालन हुन सक्दैन ।लामो समय थन्किएका कारण ब्याट्री काम नलाग्ने भएका छ्न, टायर मक्किएका छन, इन्जिन आयल, फिल्टरहरु, गियर आयल,क्राउन आयल फेर्नुपर्ने हुन्छ साथै हव गृजिङ तथा सम्पुर्ण सवारीको चेक जाँच, ग्यारेज ब्यबस्थापन लगायत खर्चका साथै मेरो परिचालकको तलवको साथै अन्य खर्च ब्यबस्थापनको लागि मलाइ ठूलो आर्थिक ब्ययभार पर्न जानेछ। झण्डै ३ महिना आम्दानी गुमाएको मैले कसरी आर्थिक ब्यबस्थापन गर्न सक्छु? तेसैले मलाइ तत्काल २ लाख रुपैया आबस्यक पर्छ। राष्ट्र बैकले ( हजुरले) सार्वजनिक यातायात लाई रुग्ण उधोगको रुपमा मान्यता दिई ५% ब्याजदरमा साधारण पुनरकर्जा उपलब्ध गराउने ब्यबस्था गर्नु भएको रहेछ सुन्दा खुसी लागेको थियो तर यातायात कम्पनिको नाममा रहेका सवारीसाधन को ऋणमा मात्र पुनरकर्जा पाउने ब्यबस्था मिलाउनु भएको रहेछ ।त्यो ब्यबस्थाले ९९ प्रतिशत ब्यक्तिको नाममा ऋणि भएका म जस्ता ब्यबसायीलाइ हात्ती आयो हात्ती आयो फुस्साजस्तो लागेको छ । तेसैले बैक तथा बित्तिय सस्थाहरुले सार्वजनिक सवारीका साधनमा लगानी गरेको सम्पुर्ण कर्जाहरुमा न्युनतम २लाख रुपैया पुनरकर्जाको ब्यबस्था गराइदिनु हुन अनुरोध गर्दछु।

२) अर्थमन्त्री ज्युले बजेट बक्तब्यमा कोभिड १९ को कारण सार्वजनिक यातायात अत्यन्तै प्रभाबित भएको हुनाले कर्जाको ब्याजमा सहुलियत हुने छ भन्ने उल्लेख गर्नु भएको तर के कति प्रतिशत छुट हुने कहि कतै उल्लेख नभएको हुदा अत्यन्तै प्रभाबित सार्वजनिक यातायात क्षेत्रलाइ पुनर्जीवन दिनको लागि तुरुन्त बैक ब्याजमा अत्याधिक छुट गरि हवाइ उध्योग सरह ५% ब्याजदर लागू गराउन हजुरले भुमिका निभाइदिनु हुनेछ भन्ने भरोसा मा छु।

३)आम्दानी गर्ने सवारी साधनहरु लामो समय देखी थन्किएको कारण ब्यबसायीहरुको आम्दानी गुमेको छ। चैत्र महिना देखी किस्ता रोकिएको छ। लकडाउन खुलेपछी रोकिएको बैक तथा बित्तीय सस्थाको किस्ता एकै पटक तिर्न सकिदैन । तेसैले चैत देखिको किस्ता स्थगन गरि लकडाउन खुलेको ३ महिना पछि स्थगन फुकुवा गरि किस्ता सुरु हुने ब्यबस्था गराइदिनु हुनेछ ।हजुरले भनेको त बैक हरुले मान्छन भन्ने सुनेको छु।

यी कुराहरुमा हजुरले नजर पुर्याइदिनु भो भने म बाच्न सक्नेछु र मैले आफ्ना सवारी सन्चालन गरि ऋण चुक्ता गर्न सक्नेछु।

मेरा अरु दायित्वहरु पनि छन ।

#लकडाउन अवधिभर रासन पानी गरेको किराना पसलललाई ७५ हजारजति ऋण तिर्नु पर्नेछ ।

#छोराछोरीको स्कूलबाट लकडाउन खुल्नेवित्तकै फिस ल्याउनु भनेर फोन आएको छ ।

#मसँग कत्ति पनि पैसा छैन ।

#आफ्नो सवारी साधन बिक्रि गरु भने यस्तो अबस्थामा बिक्रि पनि हुँदैन ।

#आफू बस्ने कोठा भाडा पनि तिर्न सक्ने अबस्था छैन ।

घरीघरी लाग्छ आत्महत्या गरुँ ।

यदी आत्महत्या गरेँ भने मेरो परिवारले बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?

गभर्नर ज्यू, यति भनिसकेपछि यहाँले पक्कै बुझ्नुभयो होला मेरा समस्याहरु । यी समस्या म लगायत सार्वजनिक यातायात क्षेत्रमा लगानी गर्ने लगभग ३ लाख मानिसहरुको समस्या हुन।अरुका लागि मेरो समस्या सामान्य हुन सक्छ । कृपया यस्तो बेलामा ६ महिनासम्म बैंकको किस्ता पछाडि सार्दिन भन्नु भयो भने मैले मेरो सवारीसाधन संचालन गरेर कमाएको पैसा बैंकलाई दिने थिएँ ।

गभर्नर ज्यु लौन चाडै मेरा समस्या समाधान गरीदिनुस। मलाइ आत्महत्या गर्न बाट बचाइदिनुस ।

लकडाउन बाट पिडित
एउटा स्वरोजगार यातायात ब्यबसायी
प्रश्तुतकर्ता रबि रिमाल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

How exactly to Publish An Indicative Article With Test Essays

How exactly to Publish An Indicative Article With Test Essays Reflective essays demand the writer to investigate an earlier adventure within the gift. Something An Indicative...

How You Can Find Females – Leading 29 Better Spots You Won’t Ever Expected

How You Can Find Females – Leading 29 Better Spots You Won't Ever Expected Skip forward past high-school, college, and away from friendly ring… And...

Allow me to tell about Did she pay attention to me?

Allow me to tell about Did she pay attention to me? Needless to say not. She decided she was going to hurry everything and...

In case you have more reputation for foreclosures and liabilities exceptional you’d be

In case you have more reputation for foreclosures and liabilities exceptional you'd be a credit that is poor might certainly not hinder a beneficial The...