Home अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि संक्रमित

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि संक्रमित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको शुक्रवार पुष्टि गरेका हुन् ।

“कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन्।
संक्रमित पुष्टि भएसँगै उहाँ क्यारेन्टाइनमै रहेको पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोना भाइरसबाट संक्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए। राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...