Home काेराेना अपडेट १६७४ जना कोरोना संक्रमित थपिए, २३२३ जना निको भए

१६७४ जना कोरोना संक्रमित थपिए, २३२३ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २१८६३९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४००९ जना रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३२३ रहेको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १९३३२५ जना पुगेको मन्त्रालयको दाबी छ।

मन्त्रालयले आजको पीसीआर ८१४३ रहेको जनाएको छ भने यससँगै हालसम्म गरिएका नमूना पीसीआर परीक्षणको संख्या १६५२०४३ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...