Home समाचार मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द

मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द

गोरखा – गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

“नगरपालिकाभित्र थप सावधानी अपनाउनुपर्ने देखिएकाले शिक्षण सिकाइ बन्द गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “अन्य क्रियाकलाप गर्दासमेत अनिवार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्नसमेत सबैलाई अनुरोध गरिन्छ ।” नगरपालिकाभित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारीसहित ६५ जना सक्रिय सङ्क्रमित रहेको बताइएको छ । ती सङ्क्रमितको सम्र्पकमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन नगरपालिकाभित्रका सबै विद्यालयमा सञ्चालित प्रत्यक्ष सिकाइ सहजीकरण पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो ।

उहाँले सङ्क्रमणको आशङ्का र कन्ट्रयाक्ट ट्रेसिङमा परी कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट प्राप्त नहुँदै समुदायस्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासोसमेत आएकाले स्वाब दिएकालाई अनिवार्य आइसोलेशनमा रहन पनि आग्रह गर्नुभयो । रोगको सङ्क्रमण फैलन नदिन तथा सङ्क्रमणबाट अरुलाई जोगाउनका लागि स्वांब दिएका व्यक्ति अनिवार्य आइसोलेशन बसेर सहयोग गरिदिन नगरपालिकाले आग्रह समेत गरेको छ ।

त्यस्तै नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाउन,, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानीलगायतका कार्य गर्दा अनिवार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गर्द सङ्क्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि आह्वान गरेको छ ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...