Home समाचार चुनावमा भोटमाग्न पुगेजस्तै कोरोना नियन्त्रण गर्न जनप्रतिनिधीहरु जनताको घरघरमा पुग्नुपर्छ

चुनावमा भोटमाग्न पुगेजस्तै कोरोना नियन्त्रण गर्न जनप्रतिनिधीहरु जनताको घरघरमा पुग्नुपर्छ

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमण नियन्त्रण गर्न जनप्रतिनिधीहरु घरघरमा पुग्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

उनले कोरोना नियन्त्रण गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भोट माग्न पुगेजस्तै जनप्रतिनिधि जनताको घर घरमा पुगेर जनचेतना फैलाउनुपर्ने बताए । उनले जनप्रतिनिधिले नै आफ्ना मतदातालाई सचेत गराएर कोरोना संक्रमण फैलनबाट रोक्नुपर्ने बताए ।

राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताउदै उनले यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार बन्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...