Home समाचार सरकारी जग्गा हस्तान्तरणमा रोक

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको छ ।

मन्त्रालयले मंगलबार सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकालाई परिपत्र गरेर पालिका तहबाट गरिने सरकारी सम्पत्तिको हक हस्तान्तरण, बेचबिखन, वितरण र उपयोगमा दिनेजस्ता निर्णय प्रचलित कानुनविपरीत हुने ध्यानाकर्षण गराएको छ ।

 

आफ्नो क्षेत्रमा रहेको सरकारी, सार्वजनिक जग्गालाई पालिकाले निर्णय गरेर विभिन्न संघसंस्थालाई उपयोगका लागि दिने गरेका छन् । कतिपयले व्यक्तिलाई समेत लिजमा दिने गरेका थिए । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारी, सार्वजनिक जग्गाका विषयमा निर्णय लिने अधिकार संघ सरकारलाई मात्रै रहेकाले त्यस्ता जग्गा पालिकाको निर्णयका आधारमा कसैलाई उपयोगका लागि दिनु वा हक हस्तान्तरण गरिनु गलत भएको बताए ।

‘त्यस्ता काम तत्काल रोक्न, पालिकाबाट गरिएका निर्णय कार्यान्वयन नगर्न भनेका छौं,’ उनले भने ‘सरकारी सम्पत्ति संरक्षणको जिम्मेवारी स्थानीय तहको हो तर त्यसलाई हस्तान्तरण गर्न मिल्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...