Home खेलकुद फिफा वरियतामा नेपालको स्थान यथावत, कति औँ स्थानमा छ ?

फिफा वरियतामा नेपालको स्थान यथावत, कति औँ स्थानमा छ ?

काठमाडौँ – नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ । बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ ।

गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ । रासस

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...