Home सूचना-प्रविधि अब फेसबुक म्यासेन्जरबाटै बालबालिकाले सान्टासँग च्याट गर्न पाउने, यस्तो छ तरिका

अब फेसबुक म्यासेन्जरबाटै बालबालिकाले सान्टासँग च्याट गर्न पाउने, यस्तो छ तरिका

काठमाडौं । सान्टा क्लज बालबालिकाहरुका लागि अति नै प्रिय नाम हो । क्रिशमस हाम्रो दैलोमै आइरहेको छ । उत्तरी ध्रुवका बालबालिका हातैले पत्र लेखेर सान्टालाई सन्देश पठाउने तयारीमा छन् । कति बालबालिका सान्टालाई हेर्नै भनेर ठूला ठूला मलमा जाने योजना पनि बुनिरहेका छन् ।

कोभिड १९ को महामारीबीच बालबालिकाहरुको क्रिशमशलाई खल्लो बन्न नदिन यस पटक म्यासेन्जरले बालबालिकाहरुलाई सान्टासँग भर्चुअल रुपमा जोड्दैछ । फेसबुकले यो क्रिशमशका लागि आफ्नो म्यासेन्जर किड्समा सान्टासँग च्याट गर्ने फिचर ल्याएको छ ।

तर सान्टाको भूमिकामा भने बालबालिकाका अभिभावकले नै उनीहरुसँग च्याट गर्नु पर्ने फेसबुकले बताएको छ । यो फिचर प्रयोग गर्न निम्न तरिकाहरु छन् ।

१. आफ्नो म्यासेन्जर एपमा गएर आफ्नो बच्चाको प्रोफाइलमा ट्याप गर्नुहोस् ।
२. अब म्यासेन्जर किड्स कन्ट्रोल ट्याप गरी त्यसभित्र रहेको कन्ट्रोल्समा थिच्नुहोस् ।
३. अब सान्टा एक्सपिरियन्स ट्याप गरी एड सान्टामा क्लिक गर्नुहोस् ।
यो प्रक्रिया पुरा गरिसकेपछि अभिभावकले आफ्ना बच्चाले सान्टालाई म्यासेज गर्दा नोटिफिकेसन पाउन सक्छन् । बच्चाको अकाउन्ट बनाउने व्यक्तिसँग सान्टालाई आफ्नो कन्ट्याक्टमा एड गरी सान्टाले जसरी म्यासेज गर्न मिल्ने अप्सन हुन्छ ।

तर जनवरी ६ लगत्तै सान्टासँग च्याट गर्ने यो फिचर स्वत: हराएर जानेछ । तपाईंले चाहेको खण्डमा त्यस अगावै पनि सान्टालाई रिमूभ गर्न सक्नुहुन्छ । रिमूभ गरेपछि दुवैतिरको म्यासेन्जरको म्यासेज हराएर जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...