Home खेलकुद त्रिभुवन आर्मी बन्यो एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब

त्रिभुवन आर्मी बन्यो एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब

७ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी)बाट क्लब लाइसेन्स प्राप्त गरेको छ ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीलाई एएफसी क्लब लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 

अब आर्मीले एएफसीको प्रतियोगिता खेल्ने बाटो खुलेको छ । आर्मी गत सिजनको शहीद स्मारक ए डिभिजन लिगको उपविजेता हो ।

अब क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा फुटबल खेल्नेछ ।

यसअघि नेपालका १३ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए । तर फस्ट इन्स्टान्ट बी (एफआईबी) १३ वटै क्लबको आवेदन अस्वीकृत गरेको थियो ।

त्यतिबेला त्रिभुवन आर्मी क्लबले गरेको प्रयासको प्रशंसा भएको थियो । एफआईबीले नोभेम्बर ३० मा नेपालका १३ वटै ए डिभिजन क्लबको क्लब लाइसेन्सिङको आवेदन अस्वीकृत गरेको हो ।

आर्मीले भने एफआईबीको निर्णयको विरुद्धमा पुनरावेदन गरेको थियो । त्यही अपिल बडीले मंगलबार आर्मीले क्लब लाइसेन्स पाउने निर्णय गरेको हो ।

एएफसी क्लब लाइसेन्सका लागि कुनै पनि क्लबले विभिन्न १८ वटा मापदण्ड पूरा गरेको हुनुपर्छ । आर्मीको आफ्नै फुटबल मैदान देखि प्रशिक्षण गर्ने स्थानलगायत धेरै जसो मापदण्ड पूरा भएपनि छुट्टै क्लब र विधान हुनुपर्ने मापदण्ड पूरा भएको थिएन ।

त्यसपछि त्रिभुवन आर्मी फुटबल क्लबको रुपमा दर्ता गर्दै विधानसमेत संशोधन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...