Home सूचना-प्रविधि यसरी सुरक्षित रुपमा सफा गर्नुहोस् कम्प्युटर र ल्यापटप

यसरी सुरक्षित रुपमा सफा गर्नुहोस् कम्प्युटर र ल्यापटप

आज हामी तपाईंलाई कम्प्युटर तथा ल्यापटप सुरक्षित रुपमा सफा गर्ने उपायको बारेमा जानकारी दिन गइरहेका छौँ । एयर कम्प्रेसर तथा विद्ययुतीय क्लिनर बिनै तपाईंले सुरक्षित रुपमा कम्प्युटर तथा ल्यापटप सफा गर्न सक्नुहुन्छ ।

त्यसका लागि पानी र रुबिङ अल्कोहल लिनुहोस् । तपाईंले रुबिङ अल्कोहल बजारमा सजिलै किन्न पाउनुहुनेछ । अब चौडा किसिमको एउटा माइक्रोफाइबर कपडा लिनुहोस् । यसले कुनै स्क्र्याच नगरेरै कम्प्युटर तथा ल्यापटपको सबै किसिमका फोहरमैला तान्न सक्छ ।

खास गरेर मोनिटर सफा गर्ने क्रममा तपाईंले यो पद्दति अपनाउन एकदमै महत्वपुर्ण छ । यही पद्दति तपाईंले ल्यापटप तथा किबोर्ड सफा गर्ने क्रममा समेत अपनाउन सक्नुहुन्छ ।

हावाको चापबाट सफा गर्ने क्रममा फोहर मैला बाहिर निस्किनुकाे साटो किबोर्ड भित्र जम्मा भएर बसिरहेको हुन्छ ।

माइक्रो फाइबर कपडामा स्प्रे गर्नुहोस् । स्प्रे गरिएको कपडाले हातको पछाडि भागमा हलुकासँग हिर्काउनुहोस् । कपडाको एकदमै धेरै आद्रता इलेक्ट्रोनिक्स डिभाइसका लागि एकदमै नराम्रो हो । अब ओँलाहरुको बीचमा कपडालाई पट्याउनुहोस् र सजिलैसँग कम्प्युटर, ल्यापटप तथा किबोर्ड सफा गर्नुहोस् ।

केहीबेरमै कपडाको त्यो भाग फोहोर हुनेछ । त्यसैले कपडाको अर्को भागलाई त्यसैगरी स्प्रे गरेर हातको पछाडि हिर्काएर सरसफाइको कार्य पहिले जस्तै जारी राख्नुहोस् । मोनिटर सफा गर्दा माथिपट्टीबाट अंग्रेजी अक्षर ‘एस’ को स्वरुपमा तलतर्फ हातलाई चलाउन सक्नुहुन्छ ।

अनि अर्को महत्वपुर्ण कुरा कहिल्यै पनि इलेक्ट्रोनिक्स डिभाइसमा सोझै स्प्रे गर्ने गल्ति नगर्नुहोस् । स्प्रे गरिएको कपडाले नै तपाईंको किबोर्डलाई छिट्टै सफा गर्न सघाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...