Home टिप्स मुटु कसरी स्वस्थ राख्ने ?

मुटु कसरी स्वस्थ राख्ने ?

आज विश्व मुटु दिवस। संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। मुटु दिवसकै अवसरमा काठमाडौंमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछन् ।

आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटका अन्य थुप्रै रोग हुन्छन् ।

मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरु बताउँछन् । तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसँग सम्बन्धी मुटुरोग भनेर ३ भागमा बाँडेका छन् ।

मुटु स्वस्थ राख्न यसो गर्नुहोस्

तपाईं आफ्नो मुटुलाई स्वस्थ बनाउने सबालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छन् । कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ ।

जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको बढ्दो खतरा हुन्छ । मुटु रोगको खतरलाई न्यून गर्ने केही प्रमाणित उपाय यस प्रकार रहेका छन्।

धुमपान त्यागिदिनुहोस्

पिउने आदतले मुटु रोगीलाई झनै अशर गर्छ । गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन् ।

४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनु भयो भने तपाई‌ंले यसलाई निरन्तरता दिदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ ।

मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ ।

तौल घटाउनुहोस्

मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउछ।

हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ ।

रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्ने र यसले मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने भएकोले पनि तौल घटाउन चिकित्सकले सुझाब दिने गर्छन् । तपानी थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति डरलाग्दो नहुने विज्ञहरु बताउँछन् ।

रातो मासु नखानुहोस्

मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन् । धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ ।

थोरै नुन खाने

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ । बयस्कहरुले दिनमा ६ग्राम भन्दा पनि न्यून ९एक चिया चम्चा० नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ ।

चिनीलाई पनि बाईबाई गरिदिनुहोस्

​अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ ।

बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ। खाना र पेयमा राखिने चिनीको मात्रा घटाउनुहोस्। दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस्।

सक्रीय रहनुहोस्

सक्रीय रहनुहोस । यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस ।

४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ ।

त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।

तनावमुक्त हुनुहोस्

तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस्। तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन् ।

तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ ।

तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...