पछिल्लो २४ घन्टामा मुलुकभर थप ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार ४ सय ९ जनामा कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
यससँगै मुलुकभर हालसम्म २ लाख ६३ हजार १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार ४ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार, हालसम्म ९७.३ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।
हालसम्म २ लाख ५६ हजार १ सय ६१ जना कोरोना मुक्त भएका छन् ।
बुधवार ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।