Home अन्तर्राष्ट्रिय डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक

डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक

न्युयोर्क–सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक गरिदिएको छ।

ट्वीटरले यो कारबाही उनको चुनावसम्बन्धी ट्वीटमाथि गरेको हो। ट्वीटरले वाशिङटन डिसीमा भएको हिंसात्मक स्थितिलाई मध्यनजर गर्दै आफ्ना तीन ट्वीट हटाउन पनि ट्रम्पलाई भनेको छ। यी ट्वीटले सिविक इन्टिग्रिटी पोलिसी उल्लंघन गर्ने ट्वीटरले उल्लेख गरेको छ।

यदि उनले ती ट्वीट नहटाएमा उनको अकाउन्ट लक हुनेछ र दोस्रोपटक पनि पोलिसी उल्लंघन गरेमा सधैंका लागि लक हुने ट्वीटरले जनाएको छ। डोनाल्ड ट्रपले टुवीटरमार्फत् दिएको सन्देशले हिंसा भड्किएको अनुमान गरिएको छ।

समर्थकलाई सम्बोधन गरेको डोनाल्ड ट्रम्पको भिडियो ट्वीटर र फेसबुक दुबैले हटाइदिएका छन्। ट्रम्पले बुधबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै घर फर्किन आव्हानका साथ भिडियो पोष्ट गरेका थिए। उक्त भिडियोमा उनले आफूले प्रदर्शनकारीहरुलाई एकदमै माया गर्ने तर अब घर फर्किने बेला भएको बताएका थिए। युट्युबले पनि ट्रम्पको भिडियो हटाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

सुखानी हत्याकाण्डको आज ४८ वर्ष पूरा

झापा : सुखानी हत्याकाण्ड भएको आज ४८ वर्ष पूरा भएको छ। आजकै दिन २०२९ सालमा झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायत सरकारले...

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

काठमाडौँ, २१ फागुन: काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस...

मुस्कान खातुनले पाइन् ‘आइडब्लूओसी’अवार्ड

काठमाडौं, फागुन २१ । मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको...

ओली र विप्लव आज एउटै मञ्चमा देखिँदै

काठमाडौं, फागुन २१ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी...