Home अन्तर्राष्ट्रिय ज्याक मा गुप्तबासमा, अलिबाबाको ५ अर्ब डलरको शेयर अमेरिकामा जारी गर्ने योजना

ज्याक मा गुप्तबासमा, अलिबाबाको ५ अर्ब डलरको शेयर अमेरिकामा जारी गर्ने योजना

काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा वेपत्ता नभएको जानकारहरुले बताएका छन् । कम्पनीभित्रका स्रोतहरुले फक्स बिजनेससँगको एक अन्तर्वार्तामा वेपत्ता तथा कैद नभएर आफै तत्कालका लागि गुप्ताबासमा रहेको बताएका हुन् ।

गत अक्टोबरमा साङ्घाईमा आयोजना भएको बण्ड सम्मेलनमा चीनको वित्तीय नियामक र सरकारी बैंकको ‘मोहरा पसल’ माथि टिप्पणी गरेपछि उनी सरकारको आखाँको तारो बनेका थिए । त्यसयता उनी सार्वजनिक वृत्तबाट ओझेल बनेका थिए ।

यसैबीच चीनको अलिबाबालाई लिएर अर्को ठूलो खबर पनि अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका छन् । चिनियाँ सरकारको कडाअ नुसन्धान र हस्तक्षेपबीच अलिबाबा ग्रुपले अमेरिकामा कम्पनीको पाँच अर्ब डलर बराबरको शेयर निष्कासन गर्ने भएको छ ।

उक्त मामिलासँग जानकार कम्पनीभित्रकै चारजना स्रोतका अनुसार लगानीकर्ताको प्रतिक्रिया अनुसार उक्त शेयर ८ अर्ब डलरसम्म बढ्न सक्ने बताइएको छ । उक्त शेयर सम्पत्तिलाई अलिबाबाले सामान्य कर्पोरेट खर्चका लागि प्रयोग गर्ने एक स्रोतले बताएका हुन् ।

तर कम्पनीले बोण्ड शेयर बिक्री योजना त्यसको समय तालिकाबारे कुनै निर्णय सुनाएको छैन । त्यो परिवर्तन पनि हुनसक्ने कम्पनीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

स्वीडेनमा अन्धाधुन्ध छुरा प्रहार गरी सात घाइते

२० फागुन, स्टकहोम । स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद...

लेडीका दुई कुकुर चोरी, फिर्ता ल्याइदिनेलाई पौने ६ करोड पुरस्कार !

२० फागुन, एजेन्सी । ओस्कार तथा ग्रामी अवार्ड विजेता गायिका लेडी गागाका चोरी भएका दुई कुकुर फिर्ता गर्नेले ५ लाख डलर ‘६ करोड ७८...

भोलीबाट लिलामी सेयर बिक्री गर्दै नागरिक लगानी कोष

काठमाडौं - भोलीबाट नागरिक लगानी कोषले सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्दैछ । कोषले सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता...

म्यान्मार प्रदर्शन: सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले...