Home समाचार जाडोमा यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री

जाडोमा यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री

काठमाडाैं । धेरै तातो वा धेरै चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक मानिन्छ । त्यसैले पनि मोबाइल निर्माताले आफ्ना प्रयोगकर्तालाई यसको तापक्रम न्युनतम पनि ३२ डीग्री फरेनहाइटसम्म राख्नुपर्छ भन्ने सन्देश दिन्छन् ।

धेरै चिसोमा मोबाइलको ब्याट्री चार्ज छिटै सकिन्छ । यतिबेला नेपालका अधिकांश भूभागमा चिसो मौसम चलिरहेको छ । कतिपय ठाउमा त हिमपात नै भैरहेको छ ।

यस्तो बेला बिजुलीको पनि भर नहुने हुँदा सम्पर्क विच्छेदको सम्भावना रहन्छ । यहाँ केही त्यस्ता टिप्स छन्, जसले जाडोमा पनि मोबाइलको ब्याट्री चार्ज केही लामो समय टिकाउन सहयोग गर्छ ।

१. फोनमा राम्रो कभर र केस प्रयाेग गर्नुहाेस्, जसले तपाईंको स्मार्टफोनको तापक्रमलाई सही अवस्थामा राखिराख्न मद्दत गर्छ ।

२. चिसो समयमा भुलेर पनि स्मार्टफोन खुला स्थानमा नराख्नुहोस् ।

३. लामो कल गर्नुपर्ने छ भने फोनमा पावर बैंक जोडेर कुरा गर्नुहोस् । चिसाेयाममा प्राय: फाेनकाे ब्याट्री तात्तिने समस्या नहुने भएकाले याे विधि प्रयाेग गर्न सक्नुहुन्छ । तर यसलाई वैकल्पिक विधि मात्रै ठान्नुहाेस् ।

४. बाहिर जाँदै हुनुहुन्छ भने स्मार्टफोन बाक्लो र न्यानाे जाकेट अथवा ब्यागमा हालेर हिँड्ने गर्नुहोस् ।

५. यदि फोन चिसोको कारण बन्द भएको छ भने तुरुन्त रिस्टार्ट गर्ने कोशिस नगर्नुहोस्। फोनलाई केही समय न्यानोमा राख्नुहोस्, जसबाट मुख्य गरी ब्याट्री नोक्सान हुनबाट जोगाउन सकिन्छ ।

६. यदि फाेनकाे स्क्रिन पहिल्यै क्रयाक वा फुटेकाे छ भने चिसाे ठाउँमा नराख्नुहाेस्, धेरै शित पर्दा स्क्रिनले काम गर्न छाेड्छ । साथै चिसोयाममा फोनको स्क्रिन राम्ररी चलाउन बजारमा पाइने टचस्क्रिन ग्लोभ प्रयोग गर्न सकिन्छ ।

७. पावर सेभिङ मोड अन गर्नुहोस् । यसले अनावश्यक ब्याट्री खपत घटाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

नेपाल जब फेयर २०२१- माघ १ देखि सुरु हुँदै

मिति २०७७l०९l२७ रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा...

नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मुल्यमा आइतबार भारी गिरावट आएको छ । शुक्रबार तोलाको ९५ हजार ३०० रुपैंया रहेको सुनको मुल्यमा साताको पहिलो दिन भारी गिरावट...

प्रधानमन्त्रीको स्वागतका लागि गएनन् सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री र प्रतिनिधि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्। नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न...

धनगढीमा बाक्लो हुस्सु लागेपछि प्रधानमन्त्री ओली आइपुग्ने समय प्रभावित

कैलाली : प्रतिकुल मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने समय प्रभावित भएको छ। शुक्रवार बिहान ८:१५ बजे काठमाडौँबाट श्री एयरलाइन्स मार्फत धनगढी...