काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सरकार कुनै प्रतिनिधि विमानस्थल पुगेका छैनन्।
नेकपा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन्। प्रधानमन्त्री पुग्दा प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोली स्वागतका लागि विमानस्थल पुग्ने प्रचलन यसअघि थियो।
मुख्यमन्त्री त्रिलोचन भट्टलगायत धेरै मन्त्री नेकपा प्रचण्ड–नेपाल समूहका रहेकाले उनीहरु स्वागतका लागि नपुगेका हुन्। प्रतिनिधि सभा विघटन गरेको विषयलाई लिएर नेकपा विभाजित छ। त्यसको असर सरकार र सरकार सञ्चालनमा समेत देखिएको हो।