Home पत्रपत्रिकाबाट विवाहको नाटक, टीकोटालो अनि ब*लात्कार

विवाहको नाटक, टीकोटालो अनि ब*लात्कार

विरगन्ज, चैत २ । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकालाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए ।

त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासँग पटकपटक जबरजस्ती करणी गरेका थिए । बालिका घरबाट बेपत्ता ।भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पीडित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए ।

बालिका घरमा आएपछि आफूसँग भएको दुष्कर्मका बारेमा अभिभावकलाई बताएपछि पीडितबालिकाका बुबाले रोशनविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Big Data Application For Non-Technical Users

While Exceed is an excellent data management software for many businesses, it is not without its limitations. It works slowly and approximates thousands...

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...