Home समाचार भारतबाट फर्केका तीन जनामा नयाँ स्वरुपको कोरोनाको संक्रमण

भारतबाट फर्केका तीन जनामा नयाँ स्वरुपको कोरोनाको संक्रमण

कञ्चनपुर– सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ स्वरुपको कोरोनाको संक्रमण देखिएको छ ।

राससको समाचारमा जनाइए अनुसार उनीहरु तीनै जना अहिले घरमै आइसोलेशनमा बसेका छन् ।

 

भारतमा कोरोनाको संक्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् ।

केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागि समेत घर फर्केका हुन् ।

सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावत भइरहेकाले कोरोना संक्रमणको खतरा बढेको छ ।

यसैबीच, भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या समेत बढ्न थालेको छ ।

सीमा नाका त्रिनगर (डोके बजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको संक्रमण बढी देखिएको हो ।

शुक्रबार र शनिबार सीमानाका भएर फर्किएका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नतिजा पोजिटिभ आएको छ ।

शनिबार मात्रै सीमानाका भएर फर्किएका ७ सय ६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजिटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनु भएको छ ।

ऐरका अनुसार एन्टीजेन पोजिटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ ।

एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजिटिभ आएको छ ।

एन्टीजेन पोजिटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।

भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै हुँदा परीक्षणमा समस्या हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

How You Can Find Females – Leading 29 Better Spots You Won’t Ever Expected

How You Can Find Females – Leading 29 Better Spots You Won't Ever Expected Skip forward past high-school, college, and away from friendly ring… And...

Allow me to tell about Did she pay attention to me?

Allow me to tell about Did she pay attention to me? Needless to say not. She decided she was going to hurry everything and...

In case you have more reputation for foreclosures and liabilities exceptional you’d be

In case you have more reputation for foreclosures and liabilities exceptional you'd be a credit that is poor might certainly not hinder a beneficial The...

homelike residence of his own rear to be always a family group of services and products, reports Morgan

homelike residence of his own rear to be always a family group of services and products, reports Morgan The house might be children of prayer,...