Home राजनीति एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले उनीहरूलाई यस्तो जिम्मेवारी दिएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्य तामा बनेपा स्थित पञ्चकन्या बैंक्वेटमा आयोजित बैठकले जिल्लाका १३ वटै स्थानीय तहका पदाधिकारी चयन गरेको छ। त्यस्तै बैठकले पाँचखाल नगर कमिटीमा इन्चार्ज हरिराम सापकोटा,उपाध्यक्षमा कृष्णबहादुर दनुवार ,सहसचिवमा धनबहादुर तामाङलाई चयन गरेको छ।

एमाले जिल्ला अध्यक्ष तथा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा सबै जनवर्गिय सङ्गठनका संयोजकको जिम्मेवारी समेत तोकिएको थियो। यससँगै २०१ सदस्यीय जिल्ला कमिटीले आजबाट पूर्णता पाएको छ।

कार्यक्रममा विशेष अतिथिमा एमाले वरिष्ठ नेतृ तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा वरिष्ठ नेता कृष्णप्रसाद सापकोटा,एमाले नेता विदुर सापकोटा,बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्साल,बाग्मती प्रदेशसभा सांसद वसुन्धरा हुमागाईँ लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष सिपखान व्यवसायी र समाजसेवी हुन। सचिव भेटवाल कराँतेका पूर्व राष्ट्रिय खेलाडी,पर्यटन व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। उनी ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्व कार्यसमिति सदस्य तथा ‘पाँचखाल वातावरण बचाउ अभियान’का संयोजक समेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...