Home समाचार सर्तसहित उद्योगलाई थप विद्युत्

सर्तसहित उद्योगलाई थप विद्युत्

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय) मा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्तसहित उद्योगलाई विद्युत् उपलब्ध गराउन लागेको हो ।

प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गर्नुभएको थियो । उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महशुल सस्तो छ ।

‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत् दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ’ घिसिङले भन्नुभयो–‘यस्तो अवस्था अन्त्यका लागि एउटा/दुईवटा ट्रान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेर मात्रै नहुने देखिएको छ, यसका लागि मुख्यरूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदैछौं ।’

उहाँले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताउनुभयो । ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ’, उहाँले भन्नुभयो–‘प्रसारण सञ्जाल विस्तारका लागि ४ सय र २ सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रूख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौं ।’

औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेजलगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनीकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको प्रतिबद्धता जनाउनुभयो । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण शुरू गरिने छ ।

कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरूले मोरङ–सुनसरी औद्योगिक करिडोमा सञ्चालित उद्योगहरूले व्यहोरिरहेको विद्युत्् आपूर्तिका विषयमा जानकारी गराएका थिए । संगठनहरूले दैनिकरूपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन् । मोरङ–सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत्् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ । विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य छन् । समितिले विद्युत्् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायहरूसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजन ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Big Data Application For Non-Technical Users

While Exceed is an excellent data management software for many businesses, it is not without its limitations. It works slowly and approximates thousands...

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...