Home समाज कोभिड–१९ फोटो प्रतियोगिताका विजेता घोषणा, क–कसले जिते ?

कोभिड–१९ फोटो प्रतियोगिताका विजेता घोषणा, क–कसले जिते ?

भदौ ३, २०७७, प्रकाश श्रेष्ठ

काठमाडौं । कोभिड–१९ फोटो प्रतियोगितामाको नतिजा घोषणा गरिएको छ । १८१औं विशव फोटोग्राफी दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरि फोटो पसलले उक्त सम्पन्न गरेको हो । प्रतियोगितामा सहभागी सयौं फोटो प्रतिष्पर्धीमध्ये दाङ्गबाट झग्गुप्रसाद चौधरीको फोटोले प्रथम स्थान हासिल गरेको छ, भने रविन कार्काको फोटो दाश्रो भएको छ । त्यस्तै, राधिका कंडेलको फोटोले तेस्रो स्थान हात पा¥यो । देशभरबाट संकलन भएका फोटोहरुको छनौटको लागि तीनजनाको समिति बनेको जसमा बरिष्ठ फोटो पत्रकार विकास रौनियार, बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, बरिष्ठ पत्रकार मधुसुदन पौडेल थिए । उक्त समितिले सिफारिस गरेका तस्विरलाई विजेता घोषणा गरिएको बताइएको छ । विजेताहरुलाई प्रथम पुरस्कार कोरोना माहामारीको संक्रमणलाई ध्यान दिंदै भर्चुअल कार्यक्रम मार्फत प्रतियोगिताको विजेता घोषणा गरिएको फोटो पसल प्रालिका अध्यक्ष योगेन्द्रजंग बस्नेतले बताए । उनले भने, ‘कोभिड–१९ को असर, डर त्रासको बीचमा वितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय तथा असरबारे देशभरीबाट आएका फोटोहरु मध्ये उत्कृष्ठलाई विज्ञहरुले विजेताको लागि छनौट गर्नु भएको हो ।’ यस परिस्थितिमा सहभागिता जनाउने सवैलाई बस्नेतले धन्यवाद व्यक्त गरे । प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा बोल्दै बरिष्ठ फोटो पत्रकार विकास रौनियारले फोटो महत्वपूर्ण वस्तु भएकाले यो प्रतिष्पर्धाले कोभिडको असर तथा यसबाट बच्ने उपायबारे थप प्रचार प्रसार भएको तथा आगामी पुस्तालाई पनि काभिड बारे जानकारी गराउन सजिलो हुने बताए । उनले भने, ‘देशभरबाट आएका फोटोहरु मध्येबाट उत्कृष्ट १० को नाम घोषणा गरियो भने, तीनवटाई विजेता घोषण गरियो ।’ त्यस्तै, निर्णयक समितिका सदश्य तथा बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठले फोटोग्राफरले अझैं आफ्नो क्षमता थप तिखार्दै लानुपर्ने बताए । त्यस्तै, मधुसुदन पौडेलले उत्साहपूर्ण सहभागिता रहेको र फोटो पसलको यो प्रयाशले अझैं थपा उत्साह प्रदान गर्ने बताए । आयोजक समितिका अध्यक्ष हरि पाण्डेले सहयागी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले अगामी दिनहरुमा यस्ता गतिविधीलाई थप प्रभावकारी बनाइदै लगिने उललेख गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रथम

दोस्रो

तेस्रो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा सिपखान,सचिवमा भेटवाल

काभ्रेपलान्चोक: नेकपा एमाले पाँचखाल नगर कमिटी अध्यक्षमा रवीन्द्र सिपखान र सचिवमा सुर्य बहादुर भेटवाल चयन भएका छन्। आज बसेको एमाले विस्तारित जिल्ला कमिटी बैठकले...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडौँ - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट...

आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी...

यी सात ‘सुपर फूड’ जसले तपाईंको इम्युनिटीमा आउन दिँदैनन् कुनै आँच

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​   खानपानमा...