Home स्वास्थ्य हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !

हात्तीपाइलेकाे औषधि खाएको पनि कार्ड !

बाग्लुङ, २३ फागुन

बाग्लुङमा हात्तीपाइले रोग अझै नियन्त्रणमा आउन सकेको छैन । हात्तीपाइले रोगविरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम १२औँ पटक सञ्चालन भए पनि रोग नियन्त्रण नभएको हो ।

अभियानको क्रममा औषधि घरमा खाने भन्दै लैजाने तर नखाने तथा मुखमा राखे पनि ननिल्ने गर्दा रोग नियन्त्रणमा कठिन भएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बाग्लुङको बाग्लुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीसेरामा हात्तीपाइले रोगका बिरामी बढी छन् ।

नारायणस्थान क्षेत्रका केही स्थानीयले धार्मिक मान्यता, औषधिको साइड इफेक्ट हुने जस्ता डरले औषधि खाना तयार नहुँदा समस्या भएको छ । सो क्षेत्रमा अनिवार्य औषधि सेवनको लागि स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी हात्तीपाइले रोगविरुद्धको औषधि खाएको कार्ड लागु गर्ने तयारी गरेको कार्यालय प्रमुख गुरौको भनाइ छ ।

कोरोनाको खोप कार्ड जस्तैं नारायणस्थानका स्थानीयलाई सार्वजनिक सेवा प्राप्तको लागि हात्तीपाइलेकाे औषधि सेवनको कार्ड अनिवार्य गर्ने तयारी भएको उनको भनाइ छ । गत बर्ष जिल्लामा अन्तिम पटक भनेर अभियान चलाए पनि परीक्षण गर्दा फेरि अभियान सञ्चालन गर्नु पर्ने देखिएको हो । २८ फागुनदेखि जिल्लाव्यापी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालनको तयार भएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन ।

गत बर्ष औषधि खुवाएको ६ महिनापछि स्वस्थ्य मन्त्रालयको टोलीले सर्वेक्षण गरेको थियो । नारायणस्थान र कुश्मीसेरामा औषधि खुवाएपछि सर्वेक्षण गर्दा फेरि १० जनामा परजिवी पहिचान भएपछि हात्तीपाइले रोग निवारण जिल्ला घोषणा गर्ने लक्ष्य स्थगित बन्यो । कुनै एक ठाउँमा रोग निवारण नहुँदा जिल्लाभर नै औषधि खुवाउनु पर्ने हुन्छ ।

नारायणस्थानका तीन सय जनामा परीक्षण गर्दा आठ र कुश्मीसेराका तीन सयकाे परीक्षणमा दुई जनामा परजिवी भेटिएको थियो । सन् २०१४ मा तीन प्रतिशत रहेको संक्रमण दर सन २०२१ सम्म आई पुग्दा २.६६ प्रतिशतमा सिमित भएकाे थियाे । दुई प्रतिशत भन्दा तल नझरेपछि फेरि औषधि खुवाउनु परेको जनस्वास्थ्य निरीक्षक शर्माको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Big Data Application For Non-Technical Users

While Exceed is an excellent data management software for many businesses, it is not without its limitations. It works slowly and approximates thousands...

Why You Might Need an information Room

A data place is a protect space where you can store and share documents and files with others. A data...

Costs and Attributes of a Data Place

The costs of the data place depend on how your data room is made and what the objectives are. Some...

The BoardEffect Aboard Portal

With BoardEffect, you can easily produce ad-hoc categories and work together upon complex panel management activities with ease. The BoardEffect...