टोखा नगरपालिका वडा नं ४ मा नेकपा (एकीकृत समाजबादि)का उम्मेदवार प्रकाश थापाले उम्मेदवारी फिर्ता लिए संगै चुनावि मैदानमा अब नेकपा(एमाले) को तर्फबाट धमेन्द्र श्रेष्ठ,नेपाली कंग्रेसका अमृतमान श्रेष्ठ,नेपाली कंग्रेसकै वागि स्वतन्त्र उम्मेदवार अनिष श्रेष्ठ,माओवादि केन्द्रबाट रमेश श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सुदर्शन थापा समेत गरी ५ जनाको अन्तिम नामावली प्रकाशन भएको छ । सोहि वडाको एमाले नेता मधुकर बस्नेत पक्षले पार्टीबाट राजीनामा दिनपछि राजनीतिकमा तरङ्ग पैदा भएको छ । कंग्रेसमा वागि उम्मेदवार र एमालेमा देखिएको असन्तुष्टीका कारण अब सिधै फाईदा राप्रपालाई पुग्ने देखिएको जानकारीहरू बताउँछन्। राप्रपाका उम्मेदवार सुदर्शन थापा आफैंमा बलिलो उम्मेदवार भएको कारण र बढ्दो राप्रपा प्रतिको जन लहरका साथै “समृद्ध वडा निर्माणको लागि सबैको सहभागिता” नारा सहित मैदानमा उत्रिएका थापा, उनको आर्थिक, सामाजिक र भौतिक विकासको योजना बनाउन सक्नुका अतिरिक्त कार्यान्वयन गर्न सक्ने क्षमता राख्ने युवा नेता भएको सोहि वडाको राप्रपा सचिव सागर उपाध्ययले हामिसंगको कुराकानीमा बताए ।