Home समाचार लुकीछिपी बस्तीमा, कोरोनाको जोखिम

लुकीछिपी बस्तीमा, कोरोनाको जोखिम

२०७७ भाद्र ७ गते बागलुङ,

दुइ साता अघि भारतबाट आएका संक्रमितको साथमा लागेर हिड्दा बागलुङ आइपुगेका १४ जना मजदुरमा कोरोना संक्रमण देखियो ।

महोत्तरी घर भएका उनीहरु बागलुङ आइपुग्दा संक्रमणमा परेका थिए । सबैजना बागलुङ स्थित धौलागिरी अस्पतालको आइसोलेसनमा बसेर डिस्चार्ज भए । समयमै रोक्न नसकेको भए उनीहरुबाट कोरोना संक्रमण समुदायमा पुग्थ्यो । भारतबाटै लुकिछिपी आएका केही युवाहरु समुदायमा पुगेर लुकेर बसेको भेटिएको छ । कतिपय मोटर ग्यारेजमा बसेको समेत भेटिएको हो ।

उनीहरु मध्ये अधिकांसले दोब्बर भाडा तिरेर निजी गाडि प्रयोग गरेका छन् । जिल्ला प्रवेशद्वारमा रातो नम्बर प्लेटको गाडिको चेकजाच नहुने भएपछि उनीहरुले छली काम गरेको पाइएको हो । मालढुंगा स्थित प्रवेशद्वारमा लुकिछिपी छिरेकाबाट संक्रमणको जोखिम बढीरहेको छ’ बागलुङ नगरपालिका वडा नं. १ का सदस्य सूर्य लामिछानेले भने, ‘कतिबेला को आएर बस्छ थाहै नपाइने भयो ।’ लुकिछिपी, रातो प्लेटका गाडि र मोटरसाइकल प्रयोग गरेर सदरमुकामका ग्यारेजमा ५० भन्दा बढी कामदार भित्रिसकेको उनले बताए । उनीहरुले कामकालागि वारीपारी गरेको निहु“ बनाउने गरेको भेटिएको हो ।

गोप्य रुपमा खोजी गर्दा उनीहरु भारतदेखि आएको थाहा पाएर नगरपालिकाले जवरजस्ती पिसिआर गराएको छ । अधिकांसलाई रामरेखा आधारभूत बिद्यालयको क्वारेन्टाइनमा लगिएको छ । दुइ साता अघि खाली भएका क्वारेन्टाइनमा बिहिवार सम्म ५० जना बसेका छन् । साता अघि शुन्य भएकोमा बिहिवार १ सय ६० जना जिल्लाका बिभिन्न क्वारेन्टाइनमा छन् । तेस्रो मुलुकबाट आएकाहरुलाई होटलमा पठाइएको छ । होटलमा बस्नेले सरकारी रेटभन्दा बढीको खर्च आ“फै तिर्नुपर्छ । पैसा तिर्न नसक्ने मजदुरलाई भने बिद्यालयको क्वारेन्टाइनमा राखेर खुवाइएको छ ।

रातो नम्बर प्लेट हालेका जिप तथा कारले लकडाउनको फाइदा उठाएर तीन देखि चार गुणा बढी भाडा तिरेर यात्री ओसारेका छन् । उनीहरुले ती यात्रीलाई सिधै बस्तीमा पठाएकोले संक्रमणको जोखिम बढीरहेको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘भारतको सिमाना देखि रातो प्लेटको कार चढेर आएकाले सदरमुकामबाट आएको पनि भन्न भ्याएका छन्’ उनले भने, ‘गाउ“टोलबासीको सहयोगमा क्वारेन्टाइन राखिएको छ ।’ थाहै नपाएकाहरुले सिधै बस्तीमा पुग्दा संक्रमणको जोखिम बढेको उनले बताए । कालो नम्बर प्लेटका बस र माइक्रो भने चैत ११ गतेदेखिनै चलेका छैनन् । छिटफुट चलेका जिपले पास बनाउने गर्थे । बिहिवारदेखि पास पनि रोकिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

बिहिवार भारतको मद्रासबाट आइपुगेका ५ जनालाई प्रहरीले रोकेर राखेपछि स्थानीय पालिकालाई खवर गरेको थियो । प्रति व्यक्ति ४ हजार रुपैया“ तिरेर उनीहरु भैरहवाबाट बागलुङ आइपुगेका थिए । ४ जना जैमिनी नगरपालिका र एकजना बागलुङ नगपालिका घर भएका उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर क्वारेन्टाइन पु¥याइएको प्रहरी निरिक्षक दिपक रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कांग्रेस महाधिवेशन : प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

काठमाडौं, २३ मंसिर प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष...

सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं, २३ मंसिर साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ ।  नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९...

संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौं : एमाले

काठमाडौं, २३ मंसिर नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले...

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ, २३ मसिर लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई...