Home समाचार १२५ फोटो पत्रकारको कोरोना टेस्ट गर्दा २ जनामा पोजेटिभ

१२५ फोटो पत्रकारको कोरोना टेस्ट गर्दा २ जनामा पोजेटिभ

विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको कोरोना परीक्षणका लागि १२५ जनाको स्वाब संकलन गरिएको मा २ जनाको पोजेटिभ तथा १२३ जनाको नेगेटिभ रीपोर्ट आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत  फोटोपत्रकारहरुकोे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । क कस्को रीपोर्ट नेगेटिभ आएको हो भन्ने खुलाइएको भने छैन  ।

राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर कोभीड(१९ को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको थियो ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि उपत्यकामा करिब १२५ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि समन्वय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कांग्रेस महाधिवेशन : प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

काठमाडौं, २३ मंसिर प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष...

सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं, २३ मंसिर साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ ।  नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९...

संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौं : एमाले

काठमाडौं, २३ मंसिर नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले...

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ, २३ मसिर लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई...