Home धर्म संस्कृति अझैपनि जातीय बिभेदको पराकाष्ठा -मैले आज काल देखें भिडियो सहित

अझैपनि जातीय बिभेदको पराकाष्ठा -मैले आज काल देखें भिडियो सहित

गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन्  भन्दै सबैलाइ समान अबसर दिएमात्र देश बिकाशको कल्पना गर्न सकिन्छ भन्दा धर्म रछ्या को नाममा गाउलेहरुले बाटो घेरेर सिध्याउन खोजेको कुरो चन्द्रकान्त पौडेल ले आफ्नै facebook page बाट ब्यक्त गरेका छन । अहिलेको युगमा पनि अझै हाम्रा गौ ठाउँ यस्ता छन भने हामीले कसरी बिकास हासिल गर्ने, साना जाती भनिएकाहरुको उत्थान कसरी हुने? तल हेर्नु होला वहाको वालबाट साभार गरिएको घतनाको विवरण जस्ताको तस्तै

बा न पा ४ कूँडुले फेदी स्थित श्रीमुक्तिनाथ संस्कृत गुरुकुलममा विज्ञान विषय राख्नुपर्छ सबै जातजातिले पढ्न पाउनुपर्छ भनेर मैले माग राखेको लगभग सात वर्ष भयो।यसो भन्दा कथित धर्मगुरु कमलनयन र ऋषिप्रपन्न भन्ने मान्छेले उचालेका मान्छेहरूको म घेरामा परेको छु।आडम्बरी पाखण्डीहरुबाट प्रायोजित यौटा ठुलै समूहको हिंसामा पारेर झन्डै मेरो ज्यान लिने प्रयास गरियो।७० ८० जनाले घेरेका थिए म नितान्त एक्लो थिएँ एकोहोरो मकार चकार लकार लगाएर के के भने तर म सुनिरहें धक्का मुक्की गरे मैले हात उठाइन त्यहाँ मेरो पक्षमा बोल्ने पनि कोहि थिएनन् ।पक्षमा बोल्नेहरू संगै उपलब्ध हुनुहुन्नथ्यो। मैले भगवानलाई सम्झेको थिएं म संग अरु केही थिएन उपाय ।म दिउँसो करीब तीन बजे धौलागिरी टेलिभिजनमा गीता वाणी Geetaa Waanee एवं धौलागिरी एफ एममा चार वेद अठार पुराण 4 vedas 18 puraans को रेकर्ड गर्न कार्यक्रम चलाउन जान लागेको थिएँ।सर सल्लाह गर्नु छ भनेर बोलाएका तर योजना अर्कै रहेछ जाना साथ माहोल गरम भैहाल्यो।
आज नेपाल पुलिसको २०/२५ जनाको टोली बेलैमा नपुगेको भए मलाई जे पनि हुनसक्थ्यो ।रुकुमको नवराज कसरी मर्यो थाहा छ? भन्दै मलाई लछार पछार गर्ने प्रयास गरियो गाली बेइज्जती गरियो। कालो मोसो जुत्ताको माला पनि तयार थियो।मलाई सहयोग गर्नुहोला मलाई स्पष्ट समर्थन वा विरोध गरिदिनुहोला तर यस्तो विषम परिस्थितिमा चुपचाप नबस्नुहोला।दलित जनजातीलाई तेरो घरमा लगेर पढा यहाँ गुरुकुलमा साइन्स विषय राख्न पाउंदैनस् तं यहाँ फर्केर न आइजा भने ।मलाई ओमनाथ सापकोटा भन्ने मान्छेले यसलाई लास पार्न पार्छ भनेको सुन्दा म आत्तिएँ अर्जुन सापकोटा एवं गणेश आचार्य भनिने एवं अन्य केही परिचालितले गिंडिदिने काटिदिने धम्की दिएका छन् । म ठूलो मानसिक तनावबाट गुज्रिएको छु ।म एकदमै असुरक्षित महसुस गरिरहेको छु तर एकपटक फेरि शुभचिन्तक एवं नेपाल पुलिसलाई धेरै धन्यवाद एवं जय नेपालको न्यानो अभिवादन गर्दछु।
जय नेपाल
गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद पुराण पढुन्  chandrakaant paudel को face book wall बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ, २३ मसिर लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई...

रामचन्द्र पौडेलबिनाको कांग्रेसको अन्तिम बैठक

काठमाडौं, २३ मंसिर नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ । पार्टी...

न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाउने तयारी, सन् २००८ पछि जन्मिएकाले चुरोट किन्न नपाउने

एजेन्सी वेलिङटन, २३ मंसिर न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ...

क्रिकेट मुख्य प्रशिक्षकका लागि पुबुदु र मोन्टीको नाम शीर्ष स्थानमा

काठमाडौं, २३ मंसिर नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकामा आवेदन दिएका पूर्व प्रशिक्षक पुबुदु दसानायके र मोन्टी देसाईलाई उनीहरूले प्राप्त गर्ने...