Home अपराध प्रेस कार्डको दुरुपयोग - नक्कली कार्ड बनाएर बेच्ने गिरोह

प्रेस कार्डको दुरुपयोग – नक्कली कार्ड बनाएर बेच्ने गिरोह

कुनै प्रेस सङ सङ्लग्न नभएका ब्याक्तिले प्रेस लेखेका जाकेट लगाएर ललितपुर  आन्दोलनमा प्रेसको दुरुपयोगका दुइटा घटना बाहिर निस्किएसङै अहिले नक्कली  प्रेस कार्ड बोक्ने र बनाउने गिरोह पनि बजार मा सक्रिय रहेको कुरो फेला परेको छ । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला काठमाडौंको सडकमा प्रेस लेखिएका गाडी र मोटरसाइकल बाक्लै भेटिन्छ। लकडाउनका कारण मिडिया उद्योग धरासायी भएर २ हजारभन्दा धेरै पत्रकार बेरोजगार बनेका बेला सडकमा भने प्रेस लेखिएका ज्याकेट लाउने र परिचयपत्र भिर्नेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा प्रेस कार्डको दुरुपयोग बढिरहेको आवाज उठिरहेका बेला प्रहरीले सोमबार नक्कली प्रेस पास र ज्याकेट बनाउने बागबजारस्थित एक प्रेसमा छापा मारेको छ। लकडाउनमा सहज आवागनका लागि भन्दै विभिन्‍न मिडिया तथा प्रिन्टिङ प्रेसको लोगोसहितको परिचयपत्र तथा प्रेस अंकित ज्याकेटहरु बनाएर विक्री गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो। पक्राउ परेका तीनजनाको विवरण प्रहरीले खुलाएको छैन। फेसबुकमार्फत सम्पर्क गरेर परिचयपत्र बनाइ होम डेलिभरी गर्दै आएको गिरोहले एउटा प्रेस कार्डको पाँच सयदेखि दुई हजारसम्म लिने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। सोमबार बागबजार स्थित ‘कालिका डिजाइन’बाट नक्कली प्रेस पास बनाउनेहरु पक्राउ परेका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्तराम बिडारीले जानकारी दिए। प्रेस कार्ड बजारमा किनबेच हुनाले त्यसको दुरुपयोग भइरहेको गुनासो आएको थियो। ती कार्ड गैरपत्रकारहरुले कार र मोटरसाइकलहरु सडकमा निकाल्दा निष्फिक्री प्रयोग गर्ने गरेका थिए । instakhabar बाट।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

तिक्तता मेटाउँदै एनपी साउद र रमेश लेखक, देउवाले दिए मिल्न निर्देशन

काठमाडौं, २३ मंसिर नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि...

‘एक पटक यसै पटक’ भन्दै शेखर कोइरालाले सभापतिका लागि सुरु गरे प्रचार

काठमाडौं, २३ मंसिर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय...

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

काठमाडौं, २३ मंसिर नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । एपीएम टेबल टेनिस क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै १ देखि ३...

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ

दाङ, २३ मंसिर दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही-१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् ।...