Home अन्तर्राष्ट्रिय विश्व इतिहाँसको कालो दिन -९/११, अमेरिकाको आतंककारी हमला

विश्व इतिहाँसको कालो दिन -९/११, अमेरिकाको आतंककारी हमला

भाद्र २६, शुक्रबार, आज ११ सेप्टेम्बर । आजभन्दा १९ वर्ष अगाडि आजकै दिनमा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी र डरलाग्दो हमलामध्ये एक मानिन्छ । यस हमलालाई ९/११ घटनाको नामले पनि चिनिन्छ । यस हमलामा २९०० जना मानिसले ज्यान गुमाए । यसक्रममा करिव २७००० को संख्यामा मानिसहरु घाइते भए । यसको असरले मानिसलाई पछिसम्म पनि क्यान्सर अन्य रोगका कारणले मानिसहरुको मृत्यु भयो ।

यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा एक जेट एयरलाइन्सको विमान ठोक्कियो, हेर्दा–हेर्दै चारैतर्फ भागदौड मच्चियो । मानिसहरुले केही सोच्न पाउनुुअघि नै ९ बजेर ३ मिनेट जाँदा फेरि अर्को जेट विमान दक्षिणी टावरमा ठोक्कियो । विमान ठोक्किदाँ टावरमा भयानक आगो लाग्यो । हेर्दाहेर्दा ती दुई भवन ढलेर खरानी भए ।

उक्त दिन १९ जना अपहरणकर्ताले ४ वटा विमान अपहरण गरेर त्यो दर्दनाक आत्मघाती हमला सम्भव गराएका थिए । यसमध्ये २ वटा विमान वल्र्ड ट्रेड सेन्टर र एउटा विमान अमेरिकी रक्षा विभागको केन्द्रीय भवन पेन्टागनमा खसालियो । चौथो विमान पेन्सिलभेनियास्थित सेन्कभिल्लको एक खेतमा खस्यो । अपहरणकारीसहित चारवटै विमानमा सवार कुुल २ सय ६५ जनाको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

ईस्लामिक अतिवादी संगठन अलकायदाले यस हमलाको जिम्मेवारी लियो । यस समय ओशामा बिन लादेन अलकायदाका प्रमुख थिए । हमलाको भोलिपल्टै अमेरिकाले अलकायदाविरुद्ध युद्ध घोषणा ग¥यो । राष्ट्रपति जर्ज डब्ल्यु बुुसले हमलाको बदला लिने घोषणा गरे । हमलाको झन्डै १ दशकपछि अर्थात् सन् २०११ मा बल्ल अमेरिकी इन्टेलिजेन्स ब्युरोले ओशामा बिन लादेनको ठेगाना पत्ता लगायो । गुप्तचरहरुका अनुसार उनी पाकिस्तानको अबोट्टावादमा लुकेर बसेका थिए । तत्कालीन राष्ट्रपति बाराक ओबामाले २९ अप्रिलमा बिन लादेन बसेको ठाउँमा हमला गर्न आदेश जारी गरे । त्यसपछि २ मे, सन् २०११ मा अमेरिकी सेनाले पाकिस्तानमा बसेका लादेनलाई मारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कांग्रेस महाधिवेशन : प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

काठमाडौं, २३ मंसिर प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष...

सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं, २३ मंसिर साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ ।  नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९...

संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौं : एमाले

काठमाडौं, २३ मंसिर नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले...

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, नौ घाइते

लमजुङ, २३ मसिर लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई...