Home खेलकुद च्याम्पियन्स लिगको ड्र सार्वजनिक, मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्स एकै समूहमा

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्ट्स एकै समूहमा

काठमाडौँ- अक्टोबर २० बाट सुरु हुन लागेको यूईएफए च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार राति सार्वजनिक भएको लिगको खेल तालिका अनुसार विश्व चर्चित फुटबल लियोनल मेस्सी र क्रिष्टीयानो रोनाल्डो आवद्ध बार्सिलोना र युभेन्ट्स एउटै समूहमा रहेका छन् ।

 

बार्सिलोना र युभेन्ट्स समुह जी मा छन् । उनीहरुसँगै समूह जीमा डाइनामो किभी र फेरेनक्भारोस छन् । यो समूहबाट बार्सिलोना र युभेन्ट्स माथिल्लो चरण पुग्ने अनुमान लगाइएको छ ।

तर, मेस्सी र रोनाल्डोका टीम एकै समूहमा हुँदा खेल रोचक हुने भएका छन् । बार्सा र युभेन्ट्सबीचको खेल नोभेम्बर २३ हुनेछ ।

साविक विजेता बार्यन युनिख, एट्लेटिको मड्रिड साल्ज्बर्ग र लोकोमोटिभ मोस्को समूह ए मा छन् । समूह बी मा रियल मड्रिड, सक्तरडोनेट्के, इन्टर मिलान, बौरुसिया मोनचेन्गलादबाच छन् ।

समूह सी मा पोर्टो, म्यान्चेस्टर सिटी, ओलम्पिकासो मार्सेल्ले रहेका छन् भने प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको समूहमा अयाक्स, एट्लान्टा र मिड्त्जल्लाद छन् ।

समूह ई मा सेभिल्ला, चेल्सी, एफके क्रस्नोदार, रेन्नेस छन् । समूह एफ माजेनीत सेन्ट पिटर्सबर्ग, बौरुसिया डर्टमन्ड, लाजियो र ब्रुगेस छन् ।

यस्तै, समूह एचमा लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन, प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, आरी लाइपीज्गी र इस्तानबुल बसासेहिर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...