Home सूचना-प्रविधि रिचार्जर दशैं बोनान्जाः ‘अफर भित्र अफर’

रिचार्जर दशैं बोनान्जाः ‘अफर भित्र अफर’

काठमाडौं । मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो ।

दशैंको किनमेल गर्नेहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरु गरेको हो । अफर अन्तर्गत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसैगरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको छ ।

रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निःशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

काठमाडौं भ्याली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाई वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

रिचार्जरले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणुमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने बताइएको छ ।

रिचार्जरले किटाणु नाश गर्ने बायोटेक मास्क बिक्री बितरण गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्नेछ ।

यसका साथै कोरोना संक्रमण नियन्त्रणका लािग रिचार्जरले सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाइन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...