Home काेराेना अपडेट सबैभन्दा धेरैको मृत्यु हुने देशमा अमेरिका, भारत संक्रमणमुक्तको अग्रस्थानमा

सबैभन्दा धेरैको मृत्यु हुने देशमा अमेरिका, भारत संक्रमणमुक्तको अग्रस्थानमा

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २० लाख ९४ हजार ५३५ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी ११ लाख ४४ हजार ३०६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमित मध्ये तीन करोड १२ लाख ३५ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६४ हजार भन्दा बढी  व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख २८ हजार ४२३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् ।

कोरोना  भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ६३ हजार भन्दा बढी कोरोना भाइरस संक्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख ३२ हजार व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६४६ जना संक्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६९ लाख ४८ हजार  व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...