Home काेराेना अपडेट उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९३

उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९३

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारसम्म २९३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरणअनुसार शुक्रबारसम्म काठमाडौंमा १८६, भक्तपुरमा ५४ र ललितपुरमा ५३ जनाको मृत्यु भएको हो।

यस्तै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार १३५ रहेको छ। शुक्रबारसम्म काठमाडौंमा २० हजार १९६, भक्तपुरमा एक हजार ३६५ र ललितपुरमा दुई हजार ५७४ जना सक्रिय संक्रमित छन्।

तीन जिल्लामा गरी ४२ हजार ४२५ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा ३३ हजार ८६३, भक्तपुरमा तीन हजार ६२९ र ललितपुरमा चार हजार ९३३ जना कोरोनामुक्त भएका हुन्।

अहिलेसम्म उपत्यकामा ६६ हजार ८५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये काठमाडौंमा ५४ हजार २४५, भक्तपुरमा पाँच हजार ४८ र ललितपुरमा सात हजार ६० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा दुई हजार ७२० जनामा संक्रमण भएको छ।

संक्रमितमध्ये काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ८९४ जना होम आइसोलेसनमा छन्।

देशभर एक लाख ५३ हजार आठ जनामा कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये एक लाख पाँच हजार ४८८ जना कोरोनामुक्त भएका छन्। ४६ हजार ६९१ आइसोलेसनमा छन्। कोरोनाबाट शुक्रबारसम्म नेपालमा ८२९ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...