Home काेराेना अपडेट बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीमा थप एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार, सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। ती महिला मधुमेहकी दीर्घरोगी थिइन्।

यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने

सउल, मंसिर १८ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ ।...

भारतमा कोभिड–१९ संक्रमित ९५ लाख नाघे

१८ मंसिर: भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको...

स्वस्थ रहन उपवास

सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको...

जपानका राजाद्वारा छोरीको विवाह सामान्य युवकसँग गर्ने अनुमति

एजेन्सी,१८ मंङसिर । जापानका राजा फूमीहितोले आफ्नो छोरी विवाह इच्छाएको व्यक्ति संग गर्न पाउने अनुमति प्रदान गरेका छन् । लामो समयदेखि उनकी छोरीले आफूले...