Home सूचना-प्रविधि इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

१४ कात्तिक: फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।

यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।

थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

“तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सकिने छ,” इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ ।

इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कोरोनाको कहरबीच ओलम्पिक

एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो...

चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण...

सरकारी जग्गा हस्तान्तरणमा रोक

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी, सामुदायिक वा सार्वजनिक जग्गा स्थानीय तहको निर्णयका आधारमा संघ, संस्था वा व्यक्तिलाई दिन रोक लगाएको...

भारतमा एकैदिन ३४ हजार बढी संक्रमित थपिए, ५ सयको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अविधमा ५ सय संक्रमितले ज्यान गुमाएको वल्डो मिटर्सले जनाएको छ ।...